बिर्तामोड । 

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  संस्थाले शुक्रवार (आज) बिर्तामोडस्थित कार्यालय परिसरमा संस्थाको साधारणसभा सम्पन्न गरेको हो । 

सोही कार्यक्रमबाबीच संस्थाले नयाँ भवनमा कार्यालय स्तान्तरण समेत गरेको  छ । संस्थाले निर्माण गरेको नयाँ कार्यालय भवनबाट अवदेखि सेवा प्रदान गरिने संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए । 

k3

संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि चौधरी, बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्वागत तथा संस्थाको आर्थिक कारोवारको प्रतिवेदन संस्थाकी कोषाध्यक्ष सारदा रिजालले प्रस्तुत गरेको कार्यक्रममा अध्यक्ष गुरुङले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघराज बास्तोलाले गरेका थिए ।

k1

k2