बिर्तामोड । 

नेपाल सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य रोडम्याप २०३० सम्वन्धि एक दिन अभिमुखीकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहीबार होटल ग्राण्ड प्यासिफिकमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन नगरप्रमुख ध्रवकुमार शिवाकोटीले थिए । 

कार्यक्रममा सुरक्षित सुत्केरी सेवा,बच्चालाई गर्नु पर्ने रेखदेख,गर्भवति महिलाहरुले पाउँदै आएको सेवा सुविधा र अव गर्नु पर्ने काम,कर्तव्यका बारेमा प्रशिक्षण प्रदान गरीएको थियो ।

जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरुको लागि आयोजना गरीएको उक्त अभिमुखिकरण कार्यक्रमको सहजीकरण बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजिव विष्ट, अस्पताल नर्स निरिक्षक संगिता अधिकारी र सिनियर अहेव अधिकृत दिपक सापकोटालेगरेका थिए ।

  बिर्तामोड नगरपालिकाले सुत्केरी महिलालाई घरमै गएर गरिने जाँच सेवा पिएनसी होम भिजिट कार्यक्रम यस अघिनै शुरु गरेको छ । यस्तै सुरक्षित गर्भपतन सेवा पनि नियमित रुपमा नगर अस्पताल अनारमनीबाट दिँदै आएको जनाइएको छ ।