सुरुङ्गा ।
कनकाई उद्योग वाणिज्य संघको तेस्रो कार्यकालका लागि अध्यक्षमा युवा उद्यमी तुलसी बिमली सर्वसम्मत भएका छन् । बिमली यसअघि उद्योग वाणिज्य संघको महासचिव थिए ।
बिमली नेपाली कांग्रेसका कनकाई ३ का वडाअध्यक्ष तथा सुनचादी व्यावसायी समेत रहेका छन् । आजै भएको निर्वाचन प्रक्रियामा तुलसी बिमलीसहितको सिंगो टिम सर्वसम्मत भएको निर्वाचन आयुक्त प्रेमप्रसाद चुडालले जानकारी दिए।
जसमा वरिष्ठ उपाध्यक्षमा जनक कार्की, वाणिज्य उपाध्यक्षमा जविन तिम्सिना, उद्योग उपाध्यक्षमा डिल्लीराम पाठक, महासचिवमा सरोज सिटौला वाणिज्य सचिवमा अनिता मैनाली,उद्योग सचिवमा टिकाराम बराल र कोषाध्यक्षमा गोमादेवि कार्की रहेका छन् । कार्की यसअघि लामो समय उद्योग वाणिज्य संघको कार्यालय प्रमुख समेत रहेका थिए ।
यसैगरि सदस्यहरुमा भविन्द्र भण्डारी –झापा गाउँपालिका० उत्सव वास्तोला, हरिकुमार कार्की, कमल श्रेष्ठ,विन्दुराज दाहाल,तारानाथ प्रसाई, टंकप्रसाद भट्टराई, चन्द्रा वुडाथोकी, रुना श्रेष्ठ र भन्द्रकला भेटवाल निर्वाचन आयुक्त चुडालले बताए।