काठमाडौं ।
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले नेपाल भ्रमणका क्रममा छन् । उनले मंगालबार (आज) उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सोमबार बेलुका नेपाल आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साउदले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य रहेकने साउदी अरबमा लगभग चार लाख नेपाली रोजगारीमा छन्। उनको सम्मानमा परराष्ट्रमन्त्री खड्काले दिवा भोज आयोजना गरेका छन् । दिवा भोजमा सरिक भएर उनी फर्किने कार्यक्रम तय भएको बुझिएको छ।