बिर्तामोड । 

प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधी विकास तामाङले जितेका छन् ।

शनिबार बिर्तामोडमाभएको वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी खेलाडी ट्याग नम्बर ५२ का तामाङले उपाधी हात पारेका हुन् । 

यस्तै प्रतियोगिताको फस्ट रनरअपमा आयोजक वडि ग्यारेज बिर्तामोडका खेलाडी ट्याग नम्बर ४७ का चन्द्रकुमार लिम्बु र सेकेण्ड रनरअपमा यारो फिट्नेस बेलबारीका खेलाडी ट्याग नम्बर ३३ का मनोज सुवेदीले उपाधी हात पारेका छन् । 

प्रतियोगिताको चौँथो र पाँचौ स्थानमा क्रमश नट्रीहन फिट्नेसका खेलाडी ट्याग नम्बर १९ का कमल तामाङ, गोल्डेन फिट्नेसका खेलाडी ट्याग नम्बर ३ का हर्कबहादुर राई विजयी भए ।

प्रतियोगिताको ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।यस्तै फस्ट रनरअपले २ लाख, सेकेण्ड रनरअपले १ लाख र चौँथो र पाँचौ स्थान ओगट्न सफल विजेताहरुले ७५ हजार र ५० हजार रुपैयाँ नगद सहित ट्रफी,प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै लेडिज च्याम्पियनसिप तर्फ सहभागी एक जना खेलाडी सलिना राईले पनि नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र जितिन् ।