सुरुङ्गा ।
कनकाई नगरपालिकाको आयोजना तथा नोबेल अस्पतालको प्राविधिक सहयोगमा कनकाई नगरपालिकाका विभिन्न क्षेत्रमा ४ दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
स्वास्थ्य शिविरबाट ५ हजार बढीले सेवा लिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । स्वास्थ्य शिविरमा ल्याव सेवाका साथै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाँच आवश्यक परामर्श र औषधी समेत बितरण गरिएको कनकाई नगरपालिका स्वास्थ्य निर्देशक नारायण अधिकारीले बताए ।
कनकाई नगरपालिकाले वडा नम्बर ३, ५ र ८ मा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य शिविरमा मुटु, जनरल फिसिसियन, आखा, नाक , कान, छाला, वालरोग, हाडजोर्नी नशा लगायातका विशेषज्ञ सेवा प्रदान गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिए । नगरपालिकाको आयोजनामा हरेक बर्ष स्वास्थ्य शिविरको आयोजना हुदै आएको छ ।