सुरुङ्गा ।
कनकाई उद्योग बणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी सोमनाथ उप्रेतीले निर्वाचन प्रक्रिया बहिस्कार गरेका छन् ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै मतदाता नामावलीमा फरक मत राख्दै आफुले उम्मेद्धारी प्रक्रिया लगायतको सम्पुर्ण कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन् ।
यसअघि सोमनाथ उप्रेतीले अध्यक्षको उम्मेद्धारी घोषणा गरेका थिए। निर्वाचन प्रयोजनका लागि बन्द सत्रमा १०५७ जना मतदाताको मतदाता नामावली टास गरिएको थियो । उक्त हस्त लिखित नामावली अस्पष्ट र दर्ता नम्बर समेत नरहेको भनी व्यावसायीहरुले निर्वाचन समितिलाई प्रष्ट नामावली टाँस गर्न अनुरोध गरेका थिए ।
त्यससपछि कार्यसमितिले सदस्य थप गरेर एकहजार ४ यस १ जनाको नामावली निर्वाचन समितिलाई बुझाएको थियो । उक्त नामावलीमा व्यावसायीको चर्को विरोधपछि कार्यसमितिको निर्णयसहित ल्याउनका लागि निर्वाचन समितिले माग गरेका थियो । त्यसपछि कार्यसमितिको बैठक बसी पुनः छलफल गर्दा सहमति हुन सकेको थिएन ।
आज (शनिवार) विहान सल्लाहकार, विशिष्ठ सदस्यसहित कार्यसमतिको बैठकमा बसी सहमति हुन सकेको थिएन । त्यसपछि बहुमतीय प्रक्रिया अनुुसार सदस्यको सङख्या १ हजार २ सय २७ बनाइएकोमा उप्रेतीले फरक मत राख्दै बाहिरिएका हुन् । उप्रेतीले निर्वाचनको विश्वव्यापी मान्यता भन्दा राजनैतिक सहमति माथि रहेको भन्ने कार्यशैलीको विरोध गर्दै आफु यथास्थितिमा निर्वाचन प्रक्रियामा नजाने घोषणा गरेको पत्रकार सम्मेलनमा जानकारी गराए।
आफु उद्योग वाणिज्य संघमा भएको खराब गतिविधिको वारेमा उद्योगी व्यावसायीको विचमा जाने समेत उप्रेतीले बताए । यसअघि कार्यसमितिको बैठकमा समेत आफुले फरक मत राखेको समेत जानकारी दिए । नियम संगत रुपमा बन्द सत्रमा राखिएको १०५७ जनाको नाममै निर्वाचन भएको खण्डमा भने आफु निर्वाचन प्रक्रियामा सामेल हुने उप्रेतीको भनाई छ । देशमा ठुला ठुला आन्दोलनहरु राजनैतिक दलले सफल पारेको तर संघ संस्थाको निर्वाचनमा भने दल भन्दा पनि व्यावसायी माथि हुनुपर्नेमा कनकाईमा यसो नहुनु दुखद भएको उप्रेतीको भनाई छ ।
गत फागुन २० गते भएको संघको अधिवेशनमा जम्मा १ हजार ५७ जना सदस्यको नामवली नाम टाँस गरिएको थियो । पछि निर्वाचन मण्डलले दुई पटक सम्म नामवली सच्चाउनलाई फिर्ता पठाएको थियो । यसमा उप्रेती फरक मत राख्दै आएका थिए । उप्रेती कनकाई उद्योग वाणिज्य संघको दुई कार्यकाल सचिव, दुई कार्यकाल महासचिव र पछिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहदै आएका थिए । उप्रेतीले कार्यसमितिमा रहेपनि नरहेपनि निरन्तर व्यावसायीको पक्षमा लागिरहने प्रतिवद्धता जनाएका छन् ।