बिर्तामोड । 

झापा बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले झापा गोल्डकपलाई एकलाख हजार रुपैयाँ सहयोग गरेको छ ।  झापामा जारी झापा गोल्डकप अन्तरगतको पाँचौ संस्करणलाई सहयोग पुर्याउने उदेश्यले संस्थाले बिहीवार डोमालाल राजवंशी रंगशालामा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । 

संस्थाका अध्यक्ष सुवास भट्टराई कोषाध्यक्ष  मेयरमान विष्ट, तालिम विभागीय प्रमुख प्रेम बस्नेत (विजय) ले संयुक्त रुपमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई चेक हस्तान्तरण गरेका थिए । 

प्रत्येक सामाजिक कार्यमा सहभागी भन्दै आएको उक्त संस्थाले गोल्डकपलाई केही सहयोग पुगोस् भनेर उक्त रकम प्रदान गरेको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए ।  फागुन २१ देखि शुरु भएको झापा गोल्डकप ३० गते सम्पन्न हुनेछ ।