बिर्तामोड । 

झापाको बिर्तामोडमा प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । फागुन २७ र २८ गते बिर्तामोडमा प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा÷छुट्टै प्रतिस्पर्धा हुने जनाइएको छ । 

कोरोना महामारीको विच थलिएको खेल क्षेत्र चलायमान बनाउनका लागि यो प्रतियोगिता महत्वपुर्ण हुने आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिए  । प्रतियोगितामा प्रदेश १ का एक सय ५० जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगिताका ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए । प्रतियोगितामा दोस्रो हुनेले दुई लाख, तेस्रोले १ लाख ,चौँथोले ७५ हजार र पाँचौं हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । आयोजकका अनुसार महिला र पुरुषका लागि छुट्टै÷छुट्टै प्रतियोगिता आयोजना गरिएको हो ।