बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर ५ खेलकुद बिकास समिति महिला तथा पुरुष भलिबल प्रतियोगिता गरेको छ । एक हप्ताअघि सुरु भएको किशोरी आत्मरक्षा तालीमको कार्यक्रमका बीचमा मंगलबार सम्पन्न गरिएको समितिका सचिव बिशाल अग्रवालले जानकारी दिए ।
एक दिने महिला तथा पुरुष दोस्रो भलिबल प्रतियोगिताको समापन समारोह समितिका अध्यक्ष विशाल धिमालको अध्यक्षता तथा बिर्तामोड नगरपालिका उप– प्रमुख पबित्रा महतरा प्रसाईंको प्रमुख अतिथ्यता रहेको थियो ।
बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नगर खेलकुद बिकास समितिअध्यक्ष टीका संग्रौला, नेकपा एमाले अध्यक्ष सुवास भट्टराईले सुभकामना मन्तब्य राखेका थिए । वडा सदस्य डि आर कडरियाले स्वागत गरेको कार्यक्रममा ५० जना किशोरीले आत्मरक्षा सम्बन्धि प्रदर्शन गरेका थिए ।
भलिबलमा महिला तर्फ मैत्रीपुर्ण खेलमा किरात चोक महिला टिम बिजय भयो भने देबि क्याम्पस उप बिजेता बनेको थियो । पुरुषतर्फ न्यूटन्स ए बिजेता भएका थिए भने बिजेताले नगद १० हजार उपबिजेताले ६ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।