बिर्तामोड ।
झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले झापा गोल्डकपलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
झापामा जारी झापा गोल्डकप अन्तरगतको पाँचौ संस्करणलाई सहयोग पुगोस् भन्ने उदेश्यले संस्थाले सोमवार डोमालाल राजवंशी रंगशालामै पुगेर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, उपाध्यक्ष इश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज बिष्ट र सञ्चालक समिति सदस्य गणेश पराजुलीले चेक संयुक्त रुपमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई हस्तान्तरण गरेको जनाइएको छ ।
प्रत्येक सामाजिक कार्यमा सहभागी भन्दै आएको उक्त संस्थाले गोल्डकपलाई केही सहयोग पुगोस् भनेर उक्त रकम प्रदान गरेको संस्थाका सञ्चालक समिति सदस्य पराजुलीले जानकारी दिए । फागुन २१ गतेदेखि शुरु भएको झापा गोल्डकप ३० सम्पन्न हुनेछ ।
फोटो : बिनोद पाण्डे