हल्दिवारी। 

हल्दिवारी गाउँपालिका स्तरीय  हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन अभियान, योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी आज (सोमबार) सम्पन्न भएको  छ ।

गोष्ठीमा हात्तीपाइले विरुद्धको औसधिलाई जनस्तरमा कसरी पुर्याउने र यसबाट हुने प्रवाभका बारेमा छ्लफ्ल गरिएको थियोे । हात्तीपाइले रोग र यसबाट समाजमा हुन सक्ने प्रभावका बारेमा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी गराएका थिए । 

फागुन २८ देखि प्रत्येक घरघर पुगेर औषधि खुवाउन लागिएको र त्यसलाई सफल पार्नको लागि गोष्ठीको आयोजना गरिएको प्रमुख निरौलाले बताए ।

गोष्ठीमा हल्दिवारी गाउँपालिकाका ५ वटै वडाका जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रअ स्थानीय तिनवटा प्रहरी चौकीका प्रमुख, ससस्त्र प्रहरीका प्रतिनिधि, रेडक्रस कर्मी, विभिन्न संघसस्थाका प्रतिनिधि साथै संचार कर्मीको सहभागिता रहेको थियोे ।

वडा अध्यक्ष रोशनी शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको  प्रमुख आतिथ्य रहेको थियो । 

जलथल स्वास्थ केन्द्रका प्रमुख रामप्रसाद ढकाले स्वागत गरेको कार्यक्रमलाई हल्दिवारी गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा ५० भन्दा बढीको सहभागिता रहेको थियोे ।