हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकामा आगामी फाल्गुन २० गतेदेखि २३ सम्म मोडर्ना खोपको दोश्रो मात्रा लगाइने भएको छ । खोप अभियान विभिन्न बिद्यालयहरूमा सञ्चालन हुने जनाईएको छ ।
फाल्गुन २०,२२ र २३ गते आ– आफ्नो बिद्यालय वा नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । यस अघि मोर्डना खोपको पहिलो मात्रा लगाई सकेकालाई मात्र खोप लगाइने उनले बताए ।
खोप लगाउन आउँदा पहिलो खोप लगाएको खोप कार्ड साथमा लिएर आउनु पर्ने, भौतिक दूरि, स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने र माक्स अनिवार्य रूपले लगाउनु पर्ने स्वास्थ शाखा प्रमुख निरौलाले बताए ।
मोर्डना खोप लगाइने तालिका यस्तो छ :