भद्रपुर ।

झापामा पहिलोपटक रात्रीकालीन भदिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुरस्थित भद्रपुर माविको मैदानमा रात्रीकालीन भलिबल प्रतियोगिता आयोजनाको तयारी गरिएको हो ।

खेलकुदको माध्यमबाट युवावर्गको सशक्तिकरण गर्ने उद्देश्यले भद्रपुरमा हालै गठन भएको भद्रपुर युवा परिवारले संस्था स्थापनाको अवसर पारेर आगामी चैत ६ गतेदेखि ८ गतेसम्म वडास्तरीय नकआउट रात्रीकालीन भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष बिर्जु सहनीले जानकारी दिए ।

शुक्रवार(आज) आयोजक संस्थाले प्रतियोगितामा विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने जानकारी दिए ।

प्रदेश १ मै इटहरीपछि भद्रपुरमा गर्न लागिएको रात्रीकालीन भलिबल प्रतियोगिता सम्पन्न गनै करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको युवा परिवारका कोषाध्यक्ष रविकुमार मुखियाले जानकारी दिए । प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउन विभिन्न दाता र संघ–संस्थाबाट सहयोग जुटाउने मुखियाको भनाइ छ ।