इलाम ।
इलाममा आगामी फागुन २९ गतेबाट प्रथम सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । सूर्योदय खेलकुद विकास समितिको आयोजना र सूर्योदय नगर कराँते खेल विकास समितिको संयोजनमा फागुन ३० गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो ।
७ वटा प्रदेशको सहभागिता रहने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व इलाम टिमले गर्ने कराँते प्रशिक्षक प्रदिप सैजुले जानकारी दिए । सूर्योदय नगरपालिका–१० को कान्दुक फुटसल एरिनामा हुने प्रतियोगितामा प्रत्येक प्रदेशबाट १/१ टिमको सहभागिता रहने जनाइएको छ । आयोजक टिमको रुपमा सूर्योदय नगरपालिकाले समेत खेल्ने सैजुले बताए ।
कमुते तर्फ पुरुषको ५० केजी देखि ६५ केजी माथिको ५ तौल समुहका खेलाडीहरुले सहभागिता जनाउनेछन् । त्यसैगरी महिला तर्फ ४५ केजी देखि ६० केजीमाथिको तौल समुहमा प्रतिस्पर्धा हुनेछ । कुमेत खेलमा सहभागि खेलाडीहरु मध्येबाट १/१ जनाले एकल कातामा प्रतिस्पर्धा गर्ने इलामका कराँते प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए ।
करातेको माध्यमबाट खेल पर्यटनको प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको चाम्लिङले बताए । प्रतियोगितामा सहभागि प्रदेशका टिमहरुलाई आवास र खानपानको व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको सूर्योदय नगर खेलकुद विकास समितिका अध्यक्ष शरण राईले बताए । प्रदेश १ को टिम आगामी फागुन २० गते जिल्ला भरका डोजोबाट छनौट गरिने जनाइएको छ ।