बिर्तामोड ।
झापा बिर्तामोड–४ को विराट–अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोड–४ ले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाले प्रत्येक बर्ष फागुन ८ गतेका दिन गर्दै आएको कार्यक्रम अन्तरगत तेस्रो पटक आइतवार बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिरमा गरेको रक्तदान कार्यक्रममा ९३ पिन्ट रगत संकलन भएको अध्यक्ष नविन खरेलले जानकारी दिए ।
संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उप–शाखाको प्राविधिक सहयोग रहेको थियो । रगतको अभावबाट प्रभावित विरामीको जीवन बचाउनलाई सहयोग पुर्याउने उदेश्यले रक्तदान कार्यक्रम गरेको अध्यक्ष खरेलले बताए ।
संस्थाका अध्यक्ष खरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष यादव ओलीले गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी, कार्यक्रम संयोजक ओमप्रकाश लुईटेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईले गरेका थिए ।
कार्यक्रममा सवैभन्दा धेरै रक्तदान गर्ने सहकारीका कार्यक्रम संयोजक ओमप्रकाश लुईटेल र संस्थाका अध्यक्ष नवीन खरेलले ३४ पटक रक्तदान गरेको बताए । १४ महिलासहित ७९ जना पुरुषले रक्तदान गरेका थिए ।