बिर्तामोड ।
बालमैत्री विद्यालय निर्माणका लागि २ दिने बालक्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्ष प्रशिक्षण सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा बिर्तामोडमा समय सञ्जाल मिडियाले आयोजना गरेको कार्यक्रममा बिर्तामोड नगरभरीका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बालक्लवका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
बिर्तामोडको सैनिकमोड आयोजित कार्यक्रमको पहिलो दिन बिहिबार फोकल पर्सन शिक्षकहरुको सहभागिता रहेको थियो भने दोश्रो दिन शुक्रबार बालक्लवका अध्यक्ष विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाई, बिर्तामोड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारी, प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनाललगायतले शुभकामना मन्तव्य राखेका थिए । संयोजक सरोज पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत सुमन अधिकारीले गरेका थिए ।