राजगढ । 

हिमानी कोष झापाको पहलमा सेवा क्यानडा इन्टरनेशनलले उपलब्ध गराएको अल्ट्रासाउन्ड मेसिन स्वास्थ्य चौकी प्रदान गरिएको छ । स्वास्थ्य चौकी राजगढलाई बिहिवार एक कार्यक्रमकाबीच अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको हो ।

अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री टेकनारायण सिंह राजवंशीको विशिष्ट आतिथ्य रहेको थियो भने बाह्रदर्शी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बाह्रदर्शी वडा नं. ३ का अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशी, बाह्रदर्शीका समाजसेवी रामकुमार राजवंशीलगायतको उपस्थिति रहेको थियो । 

हिमानी कोष झापाको संयोजक  तथा सेवा क्यानडा इन्टरनेशलको प्रतिनिधि पुनम सिंह राजवंशीका अनुसार सेवा क्यानडा इन्टरनेशनलले विगतदेखि नै स्वास्थ्य क्षेत्रमा सहायता उपलब्ध गराउदै आएको छ । सोही अनुरुप यस पटक अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराईएको बताइन् ।

  विगतमा पनि सेवा क्यानडाले बाह्रदर्शी गाँउपालिकालाई अक्सिजन कन्सनट्रेटर, सेनिटाइजर, पि.पि.सेट, माक्स, पन्जा तथा स्वास्थ्य चौकी राजगढका लागि ४० लिटरको अक्सिजन सिलिन्डर, बेड साईड लकरलगायतका स्वास्थ्य सहायता सामाग्री उपलब्ध गराउँदै आएको उनले बताइन् ।