बिर्तामोड । 

राष्ट्रिय मानव अधिकार आयोगले झापाका सञ्चार क्षेत्र र त्यसमा आवद्ध पत्रकारहरुलाई कोभिड–१९ ले पारेको प्रभावका बिषयमा जानकारी  लिएको छ । 

आयोगले बिहीवार बिर्तामोडमा कोभिड–१९ संक्रमित पत्रकारसहित अन्य पत्रकारहरुसँग उनीहरुको अनुभव र अहिलेको अवस्थाका वारेमा जानकारी लिएको हो । 

आयोगकी महाशाखा प्रमुख मञ्जु खतिवडाले संमग्र झापाका पत्रकारहरुको अवस्था वारे नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईसँग जानकारी लिएकी थिइन् भने कोभिड संक्रमित पत्रकार गणेशमान मुखिया, सन्तोष न्यौपानेलगायतसँग उनीहरुलाई कोभिडले पारेको प्रभाव र अहिलेको अवस्था वारे अनुभव लिएकी थिइन् । 

झापामा पहिलो र दोस्रो लहरमा ५१ जना पत्रकार र तेस्रो लहरमा १२ जना गरी ६३ जना पत्रकार संक्रमित तथा दुईजनाको मृत्यु भएको महासंघ झापा शाखाका उपाध्यक्ष भट्टराईले जानकारी गराएका थिए । 

त्यस्तै उपाध्यक्ष भट्टराईले संक्रमित पत्रकारहरुको उच्च मनोबल बनाउने उदेश्यले सामाजिकदुरी कायम गर्दै प्रत्येकका घर–घरमा पुगेर पौष्ठिक आहार वितरण समेत गरेको जानकारी दिएका थिए । साथै पत्रकारहरुलाई सरकारी निकायहरुसँगको समन्वयमा कोरोनाको खोप लगाएको पनि जानकारी दिएका थिए ।