बिर्तामोड ।
झापा गोल्डलाई थप उत्कृष्ट तथा परिष्कृत बनाउने उदेश्यले पहिलो पटक नारासहित गीत र मस्कट निर्माण गरी सार्वजनिक गरिएको छ । मोफसलकै लोकप्रिय फुटवल प्रतियोगिताको रुपमा परिचित झापा गोल्ड कपको पाँचौ संस्करणका लागि गीत, मस्कट र नारा निर्माण गरी सार्वजनिक गरेको हो ।
आयोजक झापा गोल्ड कपले फागुन २१ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि गीत, मस्कट र नारा निर्माण गरी सार्वजनिक गरेको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
झापा गोल्डकपले सार्वजनिक गरेको गीतको रचना संगीतकार बसन्त थाम्सुहाङको छ भने पारस मुकारुङले संगीत दिएका छन् । उक्त गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिया लामाले स्वर दिएका छन् । त्यस्तै मस्कटकने निर्माण कलाकार पवन राजवंशीले गरेका छन् । त्यस्तै आयोजकले ‘हाम्रो गौरव,हाम्रो मान, झापा गोल्ड कप हाम्रो सान्’ भन्ने नारा पनि सार्वजनिक गरेको छ ।
झापा गोल्ड कपलाई सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि वढाउन र जिल्लामै अगुवा संस्थाको रुपमा चिनाउने उदेश्यले सामाजिक अभियानलाईसमेत जोडेर लगिने अध्यक्ष विनोद बस्नेतले बताएका छन् ।
पत्रकार सम्मेलनमा संरक्षक जलकुमार गुरुङ, निवर्तमान अध्यक्ष महेन्द्र गिरी, महासचिव गजेन्द्र पौडेललगायतको सउपस्थिति रहेको थियो । मस्कटको सार्वजनिक संरक्षक गुरुङले गरेका थिए भने गीतको सार्वजनिक निबर्तमान अध्यक्ष गिरीले गरेका थिए ।