अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नं.– ८ शनिश्चरे वजारमा सञ्चालनमा रहेको शनिअर्जुन मार्टले थप सेवा बिस्तार गरेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर 

एउटै छानामुनी सम्पूर्ण घरायसी सामग्री उपलब्ध गराउने उद्देश्यले मार्टले माथिल्लो तलामा गिफ्ट आइटमसहितका आवश्यक सामग्री थप गर्दै सेवा विस्तार गरेको हो ।

उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका टीकराज ढकालले बुधवार उक्त मार्टको थप सेवाको उद्घाटन गरेका छन् । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, मार्टका सल्लाहकार मोहन रेग्मी लगायतले मार्टको सफलताको शुभकामना दिएका थिए ।

उक्त मार्टमा गिफ्टका सबै सामग्रीसहित घरायसी सबै प्रकारमा वस्तु पाइने मार्ट सञ्चालक गजेन्द्र पौडेलले जानकारी दिए । मार्टमा सामग्री खरिद गर्ने ग्राहकलाई सदस्यता कार्ड बितरण गरिने र सो कार्ड मार्फत सपिङ गर्दा पोइन्टका आधारमा ग्राहकले छुट सुविधा पाउने सञ्चालक पौडेलको भनाई छ । 

मार्ट तीन करोड भन्दा वढी रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको जनाइएको छ ।