बिर्तामोड ।
बिर्तामोड स्थित मनकामना स्कुलमा रहेको उज्यालो मनकामना बालक्लबमा स्वीकृति बास्तोलाको अध्यक्षतामा पुनर्गठन भएको छ । क्लबको उपाध्यक्षमा रोजिना खत्री, स्मारिका बर्देवा, सचिबमा निशा चौधरी सह–सचिब लक्ष्मी राजबंशी, कोषाध्यक्ष अभिषेक कार्की चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा गरिमा थपलिया, शोभा राजबंशी, सिकुम आङ्बुहाङ, जुनु थापा, रितिका सापकोटा, प्रबिन पौडेल, नेहा गिरी, ओसिन थापा, स्नेहा घिमिरे लगाएर रहेका छन । १५ सदस्यीय नवगठित क्लबका संरक्षक तथा बिद्यालयका प्रधानाध्यापक केशब ढुंगाना सल्लाहकार समिति संयोजक सयुक्त ध्रुव कुमार गौतमले बास्तोलालाई माइन्युट हस्तान्तरण गरेका थिए ।
यस्तै क्लबले सल्लाहकार समिती समेत गठन गरेको छ । सह–प्रधानाध्यापक ध्रुवकुमार गौतम संयोजकत्वमा शिक्षक बन्दना अधिकारी, सरोज पौडेल रहेका छन् भने बालक्लब फोकल पर्सनमा सरिता बास्तोलालाई चयन गरिएको छ।
नवगठित क्लबलार्इ शुभकामना दिदै संरक्षक ढुंगानाले आगामी दिनमा रचनात्मक रुपमा काम गर्न आग्रह गरे । क्लबले बिद्यालय र बाहिर विभिन्न कार्यक्रम गर्दै आएको छ। कार्यक्रम प्रशिक्षक सरोज पौडेलले सहजीकरण गरेका थिए।