झापा । 

नेपाल पत्रकार महासंघ झापा शाखाले प्रकाशन सुरु गरेको इ–बुलेटिनको दोस्रो अंक सार्वजनिक गरेको छ । महासंघका गतिविधि आफ्ना सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले इ–बुलेटिनको प्रकाशन शुरु गरिएको हो ।

महासंघले भदौदेखि माघसम्मका गतिविधि समेटेर दोस्रो अंक २७ पेजको इ–बुलेटिन प्रकाशन गरेको हो । महासंघको वर्तमान नेतृत्वले महासंघको संस्थागत विकास र पत्रकारको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।

इ–बुलेटिनको सम्पादक मण्डलमा उपाध्यक्ष सुशिला संग्रौला, सचिव डिकेश लामा, सदस्यहरु स्वस्तिका आचार्य, सुनिरा मैनाली, सुष्मा राजवंशी र मनिषा चौलागाईं रहेका छन् ।