बिर्तामोड । 

झापाको बिर्तामोड–५मा प्रधान कार्यालय रहेको राम जानकी बचत तथा ऋण सहकारी संस्थाले मोवाइल बैकिङ सेवा शुरु गरेको छ । प्रथम आइटी सिस्टम प्रालि बिर्तामोडको प्राविधिक सहयोगमा संस्थाले आज(मंगलबार) देखि सदस्यहरुको सेवालाई मध्येनजर गर्दै बैकिङ सेवा सुचारु गरेको हो । 

संस्थाले शुरु गरेको मोवाइल बैकिङ सेवाबाट प्रत्येक सदस्यले आफ्नो खाताको ब्यालेन्स हेर्न सक्ने, अन्तर शाखाभित्र रकम ट्रान्सफर गर्न सक्ने, बिजुली, खानेपानी, हवाई टिकट, टेलिभिजन रिचार्ज, मोवाइल रिचार्ज, टेलिफोन रिचार्जलगायतका अन्य थुप्रै सेवाहरुको विल घरमै बसेर भुक्तान गर्न सकिने संस्थाका अध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । 

संस्थाको बिर्तामोड, सुरुङ्गा, हल्दिबारी, चकचकी, कामाटोली, शनिश्चरे र चन्द्रगढी सेवा केन्द्र मार्फत कुनैपनि सदस्यले मोवाइल बैकिङ सेवाबाट कारोवार गर्न सकिने संस्थाका ब्यवस्थापक शुक्रराज भण्डारीले बताए । 

हाल ७ हजार ४ सय ७ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी एक करोड ८९ लाख ४१ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै बचत संकलन १७ करोड ५० लाख ७९ हजार १२६ रुपैयाँ १२ पैसा रहेको छ भने सदस्यहरुमा ऋण लगानी १७ करोड ९५ लाख ९६ हजार ६२१ रुपैयाँ १८ पैसा रहेको ब्यवस्थापक शुक्रराज भण्डारीले बताए । 

सफ्टवेयर प्रदायक कम्पनीले ‘फिनास्त्र’सफ्टवेयर आफै निर्माण गरेर पहिलो पटक उक्त सहकारीमा प्रयोग गरेको प्रथम आइटी सिस्टम बिर्तामोडका प्रबन्ध निर्देशक भुपेन्द्र मैनालली बताएका छन् । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष भिमबहादुर थापा, कोषाध्यक्ष जीवन सुवेदी, मोवाइल बैकिङ सेवा प्रदायक कम्पनी बिर्तामोड कार्यालयका मैनाली, प्राविधिक मदन उप्रेती र एडमिन डाइरेक्टर राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।