बिर्तामोड । 

झापाको बिर्तामोडमा निर्माण नेपालले भारतको नम्बर १ कम्पनीका सामाग्री विक्री वितरणका लागि शोरुम सञ्चालनमा ल्याएको छ । निर्माण नेपालले पूर्वाञ्चलका उपभोक्ताका माझ भारतको मल्ट्री नेशनल कम्पनी जेक्वेरका लाइटिङ र सेनेटरीको सामाग्री बिक्रीका लागि सोरुम सञ्चालनमा ल्याएको शनिवार पत्रकार भेटघाट गरी जानकारी गराइएको हो ।

२ करोड भन्दावढि रुपैयाँको लगानीमा सञ्चालनमा आएको निर्माण नेपालको सञ्चालकमा बिबेक गुप्ता, मदनलाल गुप्ता, ओमप्रकाश गुप्ता र आनन्द गुप्ता रहेको शोरुमका मार्केटिङ एण्ड सेल्स मेनेजर मञ्जुल भारतीले बताए ।  

निर्माण नेपाल मार्फत धारा, बाथटपलगायतका पूर्वाञ्चलमै पहिलो पटक जेक्वेर कम्पनीका पूर्ण बाथरुम तथा लाइट सोलुसनको शोरुम सञ्चालनमा ल्याएको शोरुमका प्रोपाराइटर बिबेक गुप्ताले जानकारी दिए । त्यसैगरी शोरुममा सेनेटरी सामानका साथै जेक्वेर कम्पनीकै आउटडोर लाइटीङ, खुद्रा लाइटीङ, सजावट लाइट, झुमरलगायत पूर्ण लाइटीङ सोलुशन बाथरुमको कन्सेप्ट डिजाइन तथा सजावट र निर्माण तथा परामर्श सेवा समेत उपलब्ध भएको प्रोपाराइटर गुप्ताले बताए । अन्य कम्पनी भन्दा उक्त सामाग्री मूल्य बढी भएपनि गुणस्तरमा एकदमै राम्रो भएको प्रोपाराइट गुप्ताले बताएका छन् ।

जेक्वेर कम्पनीको सामाग्री ७ बर्षको वारेन्टी रहेको र ७ बर्षसम्म निःशुल्क सर्भिसको समेत व्यवस्था भएको गुप्ताले बताए । शोरुमको उद्घाटन फागुन १ गते हुँदैछ ।

बिर्तामोड, भद्रपुर, काँकडभिट्टा, सुरुङ्गा, दमकलगायत स्थानका उपभोक्तालाई मध्येनजर गर्दै शोरुम सञ्चालनमा ल्याइएको बताइको छ । निर्माण नेपाल फर्मले विगत बर्षदेखि बिभिन्न कम्पनीका सेनेटरी सामान, प्लम्बिङका साथै नेपालको उत्पादन मंगलम सीपीभिसी र पिभिसी पाइप तथा एशियन पेन्टस्को पूर्वाञ्चल स्तरीय डिलरको रुपमा पनि  काम गर्दै आएको जनाइएको छ ।