झापा । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ मा सेनेटरी प्याड निर्माण तालिम शुरु भएको छ ।  वडा नं. २ को आर्थिक बर्ष २०७८÷०७९ सिलिङ बजेट एक लाख रुपैयाँबाट स्थानीयस्तरमै सेनेटरी प्याड निर्माण तालिम शुरु गरिएको वडा नं. २ का वडासदस्य खगेन राजवंशीले जानकारी दिए ।

तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. २ का वडाअध्यक्ष राजेन्द्र योङहाङले गरेका छन् । हल्दीवारी समावेशी  युवा महिला संस्थाकी अध्यक्ष सरस्वती चम्लागाईको अध्यक्षतामा भएको  उद्घाटन कार्यक्रममा वडा सदस्य खगेन राजंँशी, शुकलाल राजबंशीको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा टीकादेबी राउत, गोपाल मैनाली, कोपिला श्रेष्ठलगायतको उपस्थिति रहेको थियो भने  कार्यक्रम सञ्ंचालन संस्थाकी सदस्य सारदा चम्लागाईले गरेकी थिइन् । 

८ दिनसम्म सञ्चालन हुने तालिममा २२ जनाको प्रशिक्षार्थिको सहभागी रहेको छ भने प्रशिक्षक संस्थाकी अध्यक्ष सरस्वती चम्लागाई र रिता लिम्बु रहेका छिन् ।