हल्दीबारी ।
झापा हल्दीबारी गाउँपालिकाले लक्षित समूहलाई कोभिड बिरूद्वको बुस्टर डोज (थप मात्रा) खोप लगाउने भएको छ। पालिकाले आफ्नो पालिका क्षेत्र भित्रका लक्षित वर्गलाई कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउने भएको हो ।
६० बर्ष माथिका जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्यमंसेबिका, सरसफाई कर्मी, सूरक्षाकर्मी, संञ्चारकर्मी, जनप्रतिनिधि लगायत सरकारको निर्णय अनुसारका अग्रपङ्तिमा खटिनेलाई बुस्टर खोप दिईने बताएको छ।
एस्टाजेनिका, कोभिशेल, भेरोशेल खोपको दोश्रो मात्रा लगाएको ६ महिना वा १ सय ८०दिन पूरा भएका लक्षित ब्यक्तिले आफूलाई पायक पर्ने नजिकैको खोप केन्द्रमा गएर बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए ।
उनका अनुसार माघ २८गते र फाल्गुन १ गते बुस्टर मात्रा खोप बिहान १० ः ३० बजेदेखि लगाउने तयारी भएको छ । हल्दीबारी १ को लागि गोलधाप स्वास्थ चौकि, हल्दीबारी २ को लागि हल्दीबारी स्वास्थ्य चौकी, हल्दीबारी ३ का लागि आधारभूत स्वास्थ्य केन्द्र, हल्दीबारी ४ का लागि जलथल स्वास्थ्य चौकी र हल्दीबारी ५ का लागि आधारभूत स्वास्थ केन्द्रमा लगाईने निरौलाले बताएका छन् ।
पालिकाको स्वास्थ्य शाखाले दोश्रो मात्रा लगाएको १८० दिन पूरा भएका सबैलाई खोपको थप मात्रा (बुस्टर डोज) लगाउन आउँदा दोश्रो खोप लगाएको खोप कार्ड र माक्स अनिवार्य गरेको साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न समेत आव्हान गरेको छ ।