झापा  ।

 आगामी वैशाख ९ देखि २० गतेसम्म एसईईको परिक्षा हुने तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका बिहीवार (आज) सार्वजनिक गरेको हो ।

परक्षा बोर्डले सार्वजनिक गरेको तालिमा वैशाख ९ गते अनिवार्य–अंग्रेजी, अनिवार्य–संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । परीक्षाको तालिका राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा पनि गएर हेर्न सकिन्छ ।

सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले त्यसअघि नै परीक्षा तोकिएको हो । चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी मिति परिक्षा बोर्डले जनाएको छ । एसईईमा करिब ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ ।

कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । परिक्षा बोर्डले बिद्यार्थीलाई पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा गर्ने निर्णय गरेको हो ।

SEE