झापा ।
झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले करिब २ वर्षअघि २८ करोडमा ल्याएको पेडसिटी मेसिन मेशिन अझै सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । वार्षिक करोडौँ मूल्य पेडसिटीका लागि मात्र भारत जाने गरेको बताउँदै पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र यादवले अस्पताललाई सरकारी ऐनले सञ्चालन गर्ने अनुमति नदिएको बताएका छन्।
दुई वर्षअघि मेसिन अस्पतालमा आइपुग्दा सञ्चालन गर्ने ऐन नै नबनेको उनले जानकारी दिए । अहिले ऐन बनिए पनि पास नभएको बताए उनको भनाई छ । भएको छैन । डा यादवका अनुसार मेसिन सञ्चालन गर्न सरकारी ऐनले ढिलो भएको बताए ।
मेशिन सञ्चालन नहुँदा वार्षिक करोडौँ रुपैयाँ भारत गएको डा. यादवले बताउँदै सामान्य पेडसिटी जाँच गरेको मात्र पनि ३० हजार हाराहारी रुपैयाँ खर्च आउने उनको भनाई थियो ।
पेडसिटी मेसिनबाट क्यान्सर कहाँ फैलिएको छ, शरीरमा भएका दागहरू हेर्न मिल्ने, शरीरको कुनै पनि भागमा भएको क्यान्सर हेर्न मिल्ने, ‘क्यान्सर फैलिएको वा घटेको सबै चेक गर्न मिल्ने उनले बताए ।