घैलाडुब्वा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था घैलाडुब्बा सेवा केन्द्रले दुई जना सदस्यको ऋण मिनाह गरेको छ । साकोसको घैलाडुब्बा सेवा केन्द्रस्थित नारी चेतना मार्फत परिवारका सदस्यको मृत्यु भएपछि संस्थाले ऋण मिनाह गरेको हो । सेवा केन्द्रले शुक्रवार घैलाडुब्बास्थित कार्यालयमा उनीहरुलाई ऋण मिनाह बापतको चेक हस्तान्तरण गरेको थियो । 

साकोसको लघुबित्त कार्यक्रम अन्र्तगत सञ्चालन लालीपोते सहारा महिला समुह समुह नं. १२० की सदस्य गोमादेबी न्यौपानेको मृत्यु भएपछि उनका श्रीमानलाई ऋण मिनाहबापतको ५० हजार रुपैयाँको चेक प्रदान गरिएको हो ।

त्यस्तै सोही कार्यक्रमबीच साकोसको भवानी सहारा महिला समुह नं. ११ सदस्य अनुखा चौधरीका श्रीमान सत्यनाराण चौधरीको मृत्यु भएपछि श्रीमती चौधरीलाई ऋण मिनाह अन्र्तगत ३० हजार रुपैयाँको चेक प्रदान गरिएको घैलाडुब्बा सेवा केन्द्र प्रमुख निर्मला प्रसाईले जानकारी दिइन् । 

कनकाई नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रेमप्रसाद राजवंशीले दुवैजनालाई चेक प्रदान गरेका थिए । कार्यक्रममा साकोसको घैलाडुब्बा सेवा केन्द्र एकाई समिति सदस्य नर्वदा संग्रौला, लत्ता श्रेष्ठ र समुह सञ्चालक केशवप्रसाद निरौलालगायतको उपस्थिति रहेको थियो ।