बिर्तामोड । 

झापाको  बिर्तामोड नगरपालिका –१ का  चौधरी परिवारले आफ्ना छोराको जन्म दिनमा तीन थान कम्प्युटरसहित आवश्यक सामग्री प्रदान विद्यालय प्रदान गरेका छन् । अर्जुनधारा नगरपालिका ५ मा रहेको नवज्योति आधारभूत विद्यालयलाई चौधरी परिवारले उपकरण तथा सामाग्री प्रदान गरेका हुन् । 

 बिर्तामोड १ निवासी सञ्जय र दुर्गा चौधरीले छोरा साइसरको जन्म दिनमा विद्यालय कम्युटर प्रदान गरेका हुन् ।   संक्षित कार्यक्रमको आयोजना गर्दै चौधरी परिवारले विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्ववन्धु थापा,संस्थापक अध्यक्ष जीवन कुमार खतिवडा, विद्यालयका प्रधानाध्यापक कमल भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष ओम प्रकाश लुइटेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । चौधरी परिवारका तर्फबाट विद्यार्थीलाई खेल सामग्री समेत प्रदान गरिएको थियो ।

विद्यालय परिवारका तर्फबाट बोल्दै विद्यालयका संस्थापक अध्यक्ष खतिवडाले अहिलेसम्म विद्यालयमा जन्मोत्सव मनाउँदा यस प्रकारले कसैले पनि नमनाएको र फजुल खर्चलाई कटाएर यसरी पनि जन्म दिन मनाउन सकिन्छ भन्ने शिक्षा चौधरी परिवारले दिएको बताएका छन् ।