सुरुङ्गा। 

कनकाई नगर बाल संजालले सहिद दिवसको अवसमा बाल मैत्री अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  संजालले बालक्लबका पूर्व अध्यक्षसँग आइतवार छलफल तथा अन्तरक्रिया गरेको हो ।

पूर्व बालक्लवअध्यक्ष खेमराज चापागाईं, हिमाशुं उप्रेती,सारिका गिरी र संस्थापक अध्यक्ष नवीन गौतमले छलफलमा सहभागी रहेका थिए ।  कार्यक्रममा पुर्व अध्यक्षहरुले बिगत जस्तो समस्या नभएपनि बालबालिकालाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भएको बताएका थिए ।

अहिले बजेटदेखि सबैकुरामा स्थानीय सरकारको सहयोग, गतिविधि गर्न र काम गर्न सहज भएको साथै अन्य क्षेत्रमा नेतृत्व गर्न सहज भएको उनीहरुको भनाई थियो ।

नगर प्रमुख राजेन्द्र पोख्रेल, उप प्रमुख मन्जु प्रसाईं बालकल्याण अधिकारी उमानाथ ढकाल बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले अभियानका बारेमा प्रष्ट पारेका थिए । नगरप्रमुख पोख्रेलले बालक्लबले खेलेको रचनात्मक गतिविधिबाट आफू प्रभावित भएको र बाल मैत्री पालिका निर्माणमा आफु कटिबद्ध भएर लाग्ने उद्घोष गरे ।

सोही अवसरमा बाल संजालका संस्थापक अध्यक्ष गौतमलाई सम्मानसमेत गरिएको थियो।संस्थापक गौतमको जन्मोत्सव पनि आजै भएकाले उनले कनकाई ४ स्थित पुकार अपांग अशक्त समाजलाई चामल, तेल, बिस्कुट लगायतका खाध्यान्न र अन्य अन्त्यावसेक सामाग्री समेत बितरण गरेका छन् ।