विराटनगर ।
प्रेस सेन्टर नेपालले आफ्नो स्थापना दिवसको अवसरमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसमा मोरङ शाखाले ३ हजार पिस मास्क वितरण गरेको हो । विराटनगरस्थित मानव सेवा आश्रम र पूर्वाञ्चल बाल आश्रम सेवालाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
पूर्वाञ्चल बालआश्रममा एक हजार ५ सय र सेनिटाइजर तथा मानव सेवा आश्रमलाई एक हजार ५ सय मास्क वितरण गरेको मोरङका सचिव हरि अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार प्रेस सेन्टर नेपाल प्रदेश १ का बरिष्ठ उपाध्यक्ष नवराज कट्टेल र मोरङका अध्यक्ष अर्जुनकुमार आचार्यले मास्क तथा सेनिटाइजर प्रदान गरेका थिए । पूर्वाञ्चल बाल आश्रममा ८० जना आश्रित बालबालिका छन् । यसैगरी मानव सेवा आश्रममा समेत ८० जना असाह्य नागरिकलाई संरक्षण गरेर राखिएको छ ।