बिर्तामोड ।
बिर्तामोड नगरपालिका भित्रका ७० वटा बिद्यालयका १८ हजार विद्यार्थीलाई कोरोना विरुद्धको मोर्डना खोप लगाईने स्वास्थ शाखा बिर्तामोडले जनाएको छ ।
स्वास्थ शाखा प्रमुख तुलसी पोख्रेलले दिएको जानकारी अनुसार १२ बर्ष देखि १७ बर्ष उमेर समुहका सामुदायिक तथा संस्थागत बिद्यालयका आधारभुत र माध्यमिक तहमा अध्यनरत छात्रछात्रालाई मोर्डन खोपको पहिलो मात्रा लगाउन लागिएको हो ।
उनका अनुसार माघको १६ देखि २० सम्म नगर भित्रका सम्पूर्ण विद्यार्थीलाई खोप लगाउने व्यवस्था मिलाईएको छ । सो भन्दा कम उमेरमा बालबालिका लाई खोप लगाउने तयारी भइरहेको बताइएको छ।
खोप लगाउनको लागि सबै विद्यालयलाई परिपत्र गरिएको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । आफ्ना १२ बर्ष माथीका नानिहरुलाई विद्यालय पठाएर खोप कार्यक्रमलाई सफल पार्न शिक्षा शाखाले सबै नगरबासी अभिभावकहरुमा आग्रह समेत गरेको छ ।