हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकामा आगामी माघ १६ गतेदेखि १८ सम्म मोडर्ना खोपको पहिलो मात्रा लगाइने भएको छ । खोप अभियान विभिन्न बिद्यालयहरूमा  सञ्चालन हुने जनाईएको छ ।

माघ १६, १७ र १८ गते आ– आफ्नो बिद्यालय वा नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । २०६० साल माघदेखि २०६६ साल माघसम्म जन्मिएकालाई मात्र खोप लगाइने  उनले बताए ।

खोप लगाउन आउँदा परिचयपत्र खुल्ने कागजात साथमा लिएर आउनु पर्ने, भौतिक दूरि, स्वास्थ सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने र माक्स अनिवार्य रूपले लगाउनु पर्ने स्वास्थ शाखा प्रमुख निरौलाले बताए ।

modona