हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाको  स्वास्थ्य चौकीमा बुधवार (आज) गरेको कोरोना भाइरस परिक्षणमा  १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

१६ जनाको एन्टिजोन परिक्षणमा स्वाव संकलन गर्दा १२ जना  र पिसिआर परिक्षणबाट ४ पोजेटिभ गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ शाखा प्रमुख पुष्कर निरौला जानकारी दिए । 

कोभिड–१९ विरुद्धको भेरोसिल खोपको दोश्रो मात्रा लगाउने कार्यक्रम अन्तर्गत हल्दिबारी वडा न १ मा २ सय २८,  वडा न २ मा ३ सय ३०, वडा नं. ३ मा  ३ सय ७७, र वडा नं. ५ मा ३ सय २३ जना गरेर जम्मा १ हजार २ सय ५८ जनाले खोप लगाएको स्वास्थ्य शाखाका प्रमुख  निरौलाले बताए।

हल्दिबारी वडा नम्बर ४ मा माघ २०, २१, र २३ गते खोप लगाउने कार्यक्रम संचालन गरिने समेत उनले जानकारी दिए । सोमबार जलथल स्वास्थ्य चौकी हल्दीबारी ४ बडाबारी,  बुधबार  हल्दीबारी स्वास्थ्य चौकी हल्दिबारी २,  र शुक्रबार  गोलधाप स्वास्थ्य चौकी हल्दिबारी १, मा दिउँसो ११ देखि १२ बजेसम्म निःशुल्क कोरोना परिक्षणका लागि स्वाब संकलन भइरहेको जनाइएको छ  ।