हल्दिबारी । 

 हल्दिबारी गाउँपालिकामा  माघ १२ गते (भोली) देखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज अभियान वडागत रूपमा संचालन हुने भएको छ । 

 गाउँपालिका भित्रका लक्षित समुहका लागि भोली बुधबारदेखि कोरोना विरुद्धको भेरोसेल खोपको दोश्रो मात्रा लगाउन सुरु गरिने भएको  हो। भेरोसिलको पहिलो मात्रा लगाएका लक्षित बर्गलाई भोली बिहान १०ः३० देखि खोप लगाइने स्वास्थ्य शाखाका पुष्कर निरौलाले बताए । 

स्वास्थ्य शाखाले भेरोसिलको पहिलो मात्रा खोप लगाएकालाई दोश्रो मात्रा लगाउन आउँदा पहिलो खोप लगाएको खोप कार्ड र माक्स लगाएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न समेत आग्रह गरेको छ ।