काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सन् २०२२ मा कोरोना भाइरस महामारीको अन्त्य गर्न सकिने जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ सम्ममा कोरोना महामारी अन्त्य हुने बताएका छन्।
डब्ल्युएचओ कार्यकारी बोर्डको १५० औं सत्रको उद्घाटनमा समारोहमा बोल्दै टेड्रोसले डब्लुएचओले प्रमाण, रणनीति, उपकरण र प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहेको बताएका छन् । उनले यदि देशहरूले यी सबै रणनीति र उपकरणहरू व्यापक रूपमा प्रयोग गरे तीव्र चरणको अन्त्य गर्न सकिने बताएका हुन् ।
महामारीबाट पाठ सिक्नुपर्ने र त्यस्ता आपतकालीन अवस्थाहरू रोक्नको लागि अहिले नयाँ समाधानहरू विकास गर्न आवश्यक रहेको उनले भनाई छ ।