झापा ।
देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको छ भने १० हजार ३ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर २१ हजार २ सय १ नमुना परीक्षण गरिएको मध्ये १६ हजार ६ सय ५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
झापामा २ सय ५ जनामा कोरोना संक्रमित पुष्टि भएको जनाइएको छ । २४ घण्टामा २ हजार ५ सय ४० जना संक्रमणमुक्त भएका छन् ।