जलथल।
हल्दिवारीमा एक हप्तामा ३९ कोरोना संक्रमीत फेला परेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार हिजोसम्ममा ३९ पुगेको थियो भने आज (सोमवार) जलथल स्वास्थ्य चौकीमा ११ जनालाई एन्टीजोन परिक्षण गर्दा ४ जनामा कोरोना भाइरस देखिएसँग संक्रमितको संख्या ४३ पुगेको हो।
कोरोना संक्रमणको नयाँ भेरियन्ट देखिएसँगै हल्दिवारीमा हप्ता दिनमा ३९ कोरोना संक्रमण पोजेटिभ फेला परेको स्वास्थ्य शाखाले पुष्टि गरेको छ ।
स्वस्थ्य शाखा प्रमुख निरौलाले कोरोना संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको र उनीहरु होम आइसोलेसनमा स्वास्थ कर्मीहरुको निगारानी रहेको बताए ।