बिर्तामोड ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) झापाले मूल्यबृद्धि बिरुद्ध झापाको बिर्तामोडमा हस्ताक्षर अभियान शुरु गरेको छ ।
अनेरास्ववियू झापाले आइतवार बिर्तामोडस्थित मुक्तिचौकमा निरन्तर अस्वभाविक मूल्यबृद्धि विरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको हो ।
सोही कार्यक्रमकाबीच अनेरास्ववियू झापाले कोरोना महामारीलाई मध्येनजर गर्दै मास्क वितरण कार्यक्रमसमेत गरेको थियो ।