अर्जुनधारा ।
अर्जुनधारा नगरपालिकामा कोरोना भाइरस संक्रमण तिव्र रुपमा फैलिएको र स्वास्थ्यकर्मीसमेत संक्रमित भएको भन्दै अर्जुनधारा नगरपालिकाले अत्यावश्यक सेवाबाहेक सम्पस्र्ण सेवा बन्द गरेको छ ।
नगरपालिकाले आइतबार अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सूचना जारी गर्दै जनाएको हो । कोरोना नियन्त्रण र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै नगरस्तरीय कोभिड संकट व्यवस्थापन समितिको माघ ६ गतेको सिफारिस अनुसार अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगर प्रमुख हरिकुमार रानाले हस्ताक्षर गरेको सूचनामा छ ।
यस्तै, नगरपालिका, वडा कार्यालय र विषयगत सेवा केन्द्रहरुमा न्यूनतम सेवा प्रदायक उपस्थित भइ सेवा प्रवाह गर्ने, अत्यावश्यक बाहेकका अन्य सेवाहरु माघ १४ गतेसम्मका लागि बन्द गरिएको जनाइदै उक्त अवधिमा सम्पूर्ण शाखाहरुले झ्यालबाटै सेवा प्रवाह गर्ने भएको छ ।