बुट्टाबारी ।
जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा ११ को सामाजिक लेखा परिक्षण सार्वजनिक भएको छ । आर्थिक बर्ष २०७७÷२०७८ को बार्षिक आम्दानी ३० लाख ९२ हजार ७ सय ९२ रुपैयाँ तथा खर्च ३० लाख १९ हजार ३० रुपैयाँ र ७३ हजार ७ सय ६२ रुपैयाँ बैंक मौज्दात रहेको सामाजिक लेखा परिक्षण सार्वजनिक भएको हो ।
सामाजिक दुरि कायम र स्वास्थ्य मापदण्ड अपनाइ अभिभावक भेला गरि सामाजिक लेखा परिक्षण २०७८ को दफा ३ को उपदफा ४ बमोजिम उप समितिले सार्वजनिक गरेको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष तिर्थबहादुर राईको अध्यक्षता साथै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि मोहनकुमार योगी, शिक्षासेवी हस्तबहादुर परियार, बिज्ञ सुर्य सापकोटा सदस्य निर्मला पोख्रेल, शिक्षक प्रतिनिधि निर्मला लुइँटेल,अभिभावक झुटी सोरेन, कमलकुमारी राई, बन्दना मगर, उत्कृष्ट विद्यार्थी सोनिया लिम्बु लगायतले शुभकामना मनत्वय राखेका थिए ।
कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।