बाह्रदशी ।

आयुर्वेद औषधिको प्रयोगका कारण कोभिड १९  संक्रमितको उपचारमा सहज भएसंगै झापाको बाह्रदशी गाउँपालिकामा आयुर्वेद औषधिलाई जनस्तरसम्म पु¥याउने अभियान शुरु गरिएको छ ।

यसअघि कोभिड १९ को संक्रमण देखिएका संक्रमितलाई आयुर्वेद औषधिको सेवनले भरपूर फाइदा पुगेको भन्दै झापामा पनि नयाँ भेरियन्टका विरामी देखापरेसंगै  सहजरुपमा आयुर्वेद औषधि जनस्तरसम्म पु¥याउन अभियान शुरु गरिएको हो ।

बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले गाउँपालिका भित्र रहेको महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आयुर्वेद औषधि सेवनका कारण मानव स्वास्थ्यमा पुग्ने फाइदाका विषयमा प्रशिक्षण दिँदै जनस्तरसम्म यसको प्रयोग र फाइदाका विषयमा जानकारी गराएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा अनिल यादव, वाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जटाशंकर झा, अर्जुनधारा आयुर्वेद स्वास्थ्य शाखा प्रमुख अनिल कुमार ठाकुर लगायतले महिला स्वास्थ्य स्वयमसेविकालाई प्रशिक्षण दिँदै आयुर्वेद औषधिको सेवनले मानव स्वास्थ्यमा पुग्ने फाइदा र कोभिड १९ को संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीका विषयमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा नम्वर १ का वडाअध्यक्ष शम्भूसिंह राजवंशी, वडा नम्वर ५ का वडा सदस्य जीवन खरेल, नेपाल रेडक्रस सोसाइटी प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतम लगायतले आफूहरुले समेत आयुर्वेद औषधिको नियमित सेवन गर्ने गरेको बताउँदै यसले आफूहरुको स्वास्थ्यमा निक्कै फाइदा पु¥याएको जनाएका थिए ।