राजगढ । 

झापा जिल्ला बाह्रदशी गाउँपालिका वडा नं. ३ स्थित राजगढमा रसायनिक  युरिया, डिएपी मलको चरम अभाव भएको छ । कोराना भाइरस संक्रमणदर उच्च रहेपनि कृषकलाई सहज रुपमा मल उपलब्ध गराउन नसक्दा मल लिनेको भिड देखिएको छ । 

नेपाल कृषि प्रदान देश हो । कृषिलाई देशको मेरूदण्ड भनिएता पनि बालीनाली लगाउने समयमा कृषकहरूलाई आबश्यक मल र बीउ उपलब्ध गराउन नसकेको अबस्था छ। 

गहुँ ,मकै बाली लगाउने समय भएको छ बालीको लागि आवश्यक मल लिनका लागि कोरनाको समेत बेवास्ता गर्दै आज (बिहीबार) बिहानै देखि कृषि तथा दुग्ध प्रवर्दन सहकारी संस्थामा कृषकको मल लिन भिड लागेको छ । 

 तर माग गरे बमोजिम मल उपलब्ध गराउन सहकारी नसकिरहेको अवस्था भएको स्थानीय सुमन राजवंशीले वताए। उनले भने एक बोरा मललाई आधा÷आधा बोरा बाढेर दिईएको छ। मलका लागि घन्टौँ लाईनमा बसेर पनि रित्तो हात फर्किन बाध्य किसानहरूको समस्यामा सरकारले गम्भीरतापूर्वक नलिएको उनको गुनासो छ । 

मल लिन आएका अर्का किसान अनिलकुमार चौहानले भने ‘कस्तो विडम्बना छ खेती पातिका लागि आवश्यक मल बीउ छैन,  १÷२ बोरा मल चाहिँने हो,  तर यहाँ २५ किलो लिनलाई समेत घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ।’ बाह्रदशी  ३ मा २÷३ वटा  सहकारीले मल वितरण गर्ने भएपनि अहिले आवश्यकता अनुसारको मल बितरण गर्न सकेका छैनन् मलको चरम अभाब छ । मल लिन आउनेले कोरोनालाई वेवस्था गरेको देखिन्छ ।