विर्तामोड ।
जिल्ला वचत तथा ऋण सहकारी संघ झापाको १० औं वार्षिक साधारणसभा पर्यटकीयस्थल जामुनखाडी सिमसारमा शुक्रबार भएको छ । संघले आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले जामुनखाडीमा साधारणसभा आयोजना गरिएको जनाइएको छ ।
संघका जिल्ला अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित साधारणसभाको केन्द्रीय वचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोस पौडेलले उद्घाटन गरेका थिए ।
संघका सचिव यामकुमार चुडालले सञ्चालन र वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको समारोहमा मन्तव् राख्दै प्रमुख अतिथि पौडेलले अहिले बैंकहरुमा तरलताको संकट रहे पनि सहकारी संस्थाहरुले बैंकहरुको जस्तो तरलताको संकट झेल्नु नपरेको बताएका छन् ।