दानाबारी ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानावारी सेवा केन्द्रको आयोजनामा (आज) बुधवार  तरकारी उत्पादन तथा व्यवस्थापन तालिम भएको छ । 

माई नगरपालिका वडा –२ स्थित नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाकोे भवनमा तरकारी उत्पादन तथा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको हो । 

सहारा नेपालका कृषि युनिट तर्फवाट कृषि परियोजना प्रमुख राजेन्द्र खरेलले सहजी करण गरेको तालिममा सेवा केन्द्रका विभिन्न समुहका तरकारी खेती गर्दै गरेका ३५ जना उद्यमी सदस्यको सहभागीता रहेको थियो । 

तालिममा परम्परागत ढंगवाट आजका दिनसम्म तरकारी खेती गर्दै आउदा भने जस्तो आम्दानी लिन नसकीरहेको अवस्था उक्त क्षेत्रको विकासका क्रमसँगै  व्यसायिक रूपमा तरकारी उत्पादन गरी वजारसम्म पुर्याउन अबका दिनमा सहज भएको तालिममा सहभागीले बताए । तालिम ठुलो उपलब्धी मुलक भएको बताउँदै सहभागीले तरकारी खेतीका लागि तालिम कोसे ढुङ्गा सरह भएको  व्यवसायिक रूपमा शव्जी खेती गर्दै गरेका  तालिममा सहभागी माई –३ का इन्दिरादेवी विष्टले बताइन् ।   

सेवा केन्द्रवाट अब स्थानिय तहले किसान समक्ष पुर्याउने सुविधामा सहजिकरण गर्ने र संस्थावाट समेत सदस्यले कृषि परियोजना अन्तरगत लिएको कर्जामा वाली विमा तथा पशु विमासमेत सँगसँगै अघि वढाउने योजना रहेकाले आफनो पेशा व्यसायमाथि भविश्यमा पर्न आउने जोखिम न्युनीकरण गर्न पशु विमा तथा वाली विमा गर्न आवश्यक रहेको शाखा प्रमुख त्रिलोचन तिम्सनाले बताए । उनले कृषि पेशाका लागि सेवा केन्द्रको तर्फवाट सदस्यलाई सम्पूर्ण वित्तिय आवश्यकता पुरा गर्ने प्रतिबद्धता जनाए ।  

पाथिभरा सहारा महिला समुहकी अध्यक्ष मेनुका शर्माको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन सेवा केन्द्रका कर्मचारी अम्बर लिम्बले गरेका थिए । कार्यक्रममा सेवा केन्द्रका कर्मचारी सिताराम कोईराला, लेखनाथ खनाल, कृषि प्राविधिक प्रविन कोईरालालगायतको उपस्थिति रहेको थियो ।