तेह्रथुम ।
तेह्रथुमको फेदाम गाउपालिका–१ का ५२ बर्षीय अम्बरबहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा निजलाई कटेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक स्थानिय महाकाली माबिका प्रधानाध्यापक रहेको जनाइएको छ । घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।