सुरुङ्गा ।
कनकाई नगरपालिका –५ मा रहेको एकता बालक्लबले बालमैत्री सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। जनप्रतिनिधि, टोल बिकास समितिका अध्यक्ष, शिक्षक, बालबालिकाको सहभागीता रहेको कार्यक्रममा बालमैत्री स्थानीय तह निर्माण र बाल सहभागिताका बिषयमा अन्तरक्रिया भएको क्लबका अध्यक्ष अनुप भट्टराईले जानकारी दिए।
बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले सहजीकरण गरेको कार्यक्रममा वडाध्यक्ष कृष्ण बहादुर राई, बाल कल्याण अधिकारी उमानाथ ढकाल बाल संजाल अध्यक्ष अभिषेक मिश्र, टोल विकासका अध्यक्षलगायतले बालमैत्री नगर निर्माणमा स्वार्थ रहित ढंगले बालबालिकाका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कन्काई नगर बाल मैत्री स्थानीय तह निर्माण गर्ने अभियानका साथ गतिविधि गर्दै आएको छ । कार्यक्रमको संचालन चन्द्रप्रकाश गजमेर गरेका थिए ।