मेचीनगर ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मेची नगरपालिकाको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा सुशन लम्साल (रुवेन) सर्वसम्मत् निर्वाचित भएका छन् ।
नगर समितिको उपाध्यक्षमा प्रवेश काफ्ले, सचिवमा कसिस भण्डारी, सह–सचिवमा अञ्जली राजवंशी, समीर श्रेष्ठ, मुना ढकाल र कोषाध्यक्षमा आकृति बयलकोटी सर्वसम्मत् निर्वाचित भएका छन् ।
शनिवार भएको सम्मेलनबाट पदाधिकारीसहित ४५ सदस्यीय समिति निर्वाचित भएको अनेरास्ववियू (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।
अनेरास्ववियू (क्रान्तिकारी) मेचीनगर अध्यक्ष तथा झापा सह–सचिव अभिजित दवाडीको अध्यक्षतामा भएको सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ सदस्य प्रकाश भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष दवाडीले सांगठानिक प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिषेश अतिथि अखिल क्रान्तिकारी केन्द्रीय सदस्य अनिल सुवेदी, झापा अध्यक्ष रञ्जन धमला, नगर पार्टी अध्यक्ष राजन चिमरियालगायतको उपस्थिति रहेको थियो ।
स्वागत अखिल (क्रान्तिकारी) झापा सदस्य भवेश दाहालले गरेको कार्यक्रमको सञ्चालन कसिस भण्डारीले गरेका थिए ।